Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मङ्सिरमा हुने उपनिर्वाचन क्रान्तिकारी माओवादीले बहिस्कार गर्ने


  • आइतबार, साउन २६ २०७६

  • मङ्सिरमा हुने उपनिर्वाचन क्रान्तिकारी माओवादीले बहिस्कार गर्ने

    काठमाडौं – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
    महासचिव किरणको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा प्रदेशसभाका र स्थानीय तहका रिक्त रहेका ५० पदपूर्तिका लागि हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
    सत्ता तथा व्यवस्था बदनाम हुँदै गएकोले यो अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने ठहर गर्दै उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
    यस्तै बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरिएकोमा बिरोध गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij