Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा परित्याग गरेर दर्जन बढी युवा तरुण दलमा प्रवेश


  • आइतबार, साउन २६ २०७६

  • नेकपा परित्याग गरेर दर्जन बढी युवा तरुण दलमा प्रवेश

    काठमाण्डौ- नेपाली काग्रेसको शक्तिशाली युवाहरुको समूह भनेर चिनिने नेपाल तरुण दलमा युवाहरुको आकर्षण बढ्दै गएको छ । शनिबार नेपाल तरुण दल खाँडादेवी गाउँपालिका–६ माकादुमले आयोजना गरेको तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा माकादुमका दजर्न बढी युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेपाल तरुण दलमा प्रबेस गरेका छन् ।
    तरुण दलमा आबद्ध हुन आएका युवाहरुले नेकपा लगायत अन्य पार्टीले युवालाई फाइदा पुग्ने कुनै पनि कार्यक्रम नल्याएको र युवाहरुलाई सधै राजनीतिमा कार्यकर्ताको रुपमा प्रयोग गर्दै आफू नेतृत्वमा पुगे पछि युवाहरुलाई ताल हान्दै छोड्दै जाने प्रवृत्तिले आफूहरु नेपाल तरुण दलमा आएको बताएका छन् ।
    कार्यक्रममा प्रशिक्षण दिदैँ नेपाली काग्रेसका युवा नेता गुरुराज घिमिरेले अवको राजनीतिलाई युवाहरुले मात्रै सफल बनाउन सक्ने भएकाले काग्रेस पार्टीको विभिन्न तहमा नेतृत्व लिने गरी युवाहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका घिमिरेले भविष्यमा नेपाली काग्रेसलाई सफल बनाउनको लागि काग्रेसले तत्काललै जनता, मतदाता र कार्यकर्तालाई सक्रिय बनाएर योजनाबद्ध तरिकाले लाग्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको विशिष्ट अतिथि समेत रहनुभएका नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले युवा देखि जेष्ठ नागरिक सम्मको पार्टी नेपाली काग्रेस भएकाले नेपाली काग्रेस रामेछापमा युवाहरुको संगठन देखि मुल पार्टीलाई एक ढिक्का बनाए अगाडी बढ्नेमा आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो ।


    त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं नेपाली काग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले राजनीतिमा सफल हुन राजीनित गर्ने जोकोहीले पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्नु पर्नेमा जोड दिनुभयो ।
    त्यसैगरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले तरुण दलमा आबद्ध भएका साथीहरुले कसैको लोभलालचमा नफसी समाजलाई हित हुने गरी काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष खड्काले नेपाल तरुण दल रामेछपा र सिंगो पार्टीलाई शसक्त बनाउनको लागि पार्टी सभापति र जिल्लाका अग्रज नेताहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

    खाँडादेवी गाउँपालिका–६ माकादुम तरुण इकाई सभापति हरी केसीको अध्यक्षतामा काठमाण्डौको होटल कोजी इनमा भएको कार्यक्रममा गाउँ इकाई सभापति सुरेन्द्र केसी, स्थानीय नेता हर्कबहादुर खत्री, नारायण कार्की, निर्मल घिसिङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij