Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इतिहासको जति राम्रो अन्वेषण हुन्छ, राष्ट्र त्यति नै समृद्ध बन्छ – प्रचण्ड


  • आइतबार, साउन २६ २०७६

  • इतिहासको जति राम्रो अन्वेषण हुन्छ, राष्ट्र त्यति नै समृद्ध बन्छ – प्रचण्ड

    काठमाडौं – सत्तारुद दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको जति अन्वेषण गर्नसक्यो राष्ट्र त्यति नै समृद्ध बन्ने बताएका छन् ।
    शनिबार ललितपुरको खुमलटारमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको देश नेपालमा विशाल संस्कृति रहेको बताए ।
    यस्ता संस्कृतिको अध्ययनको खाँचो रहेको र जति अध्ययन ग¥यो त्यति नै गहिरिँदै जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “इतिहासको जति राम्रो अन्वेषण हुन्छ, वर्तमानमा राष्ट्र त्यति नै समृद्ध बन्छ ।”
    पुस्तकले वर्तमानमा केही सहयोग गर्ने र भविश्यको निम्ति आधार निर्माण गर्ने काम गरेको उल्लेख गर्दै उनले अन्वेषणात्मक पुस्तक प्रकाशन भएकामा प्रशंसा गरे । अङ्ग्रेजीमा समेत अनुवाद गरेर देश बाहिर पु¥याउने काम भएकामा उनले खुशी व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij