बुटवल – राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् ।
पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी प किम्युनिष्ट हुन्छ ?’
अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता संकटमा परेको र सरकार विदेशीको इशारामा चलेको भन्दै देश बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनुपर्नेमा जोड दिए । सरकार विदेशी शक्ति केन्द्रहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा रहेको र व्यापार घाटाले अर्थतन्त्र थिचिएको बताए ।
नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए ।
नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
