Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व आवश्यक छ – शशांक कोइराला


  • बिहिबार, साउन २३ २०७६

  • कांग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व आवश्यक छ – शशांक कोइराला

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र गुट, उपगुट मौलाएको भन्दै सर्वमान्य नेतृत्वको खाँचो रहेको बताएका छन्।
    बुधबार तनहुँमा कार्यकर्ता भेटघाटमा कोइरालाले भने पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।
    उनले गुट, उपगुट हटाएर कांग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्व आवश्यक परेको बताए।
    ‘गुट किन चाहियो ?,’ उनले भने, ‘गुटहरू हटाउने नेतृत्वको खाँचो छ।’
    गुट हटाएर लैजान सक्ने नेतृत्व पार्टीमा आएपछि कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको दाबी छ।
    गएका तीन वटा चुनावमा पार्टीभित्रबाटै घात, प्रतिघात र उम्मेदवारलाई असहयोग हुँदा पराजित हुनुपरेको उल्लेख गरेका कोइरालाले गुट अन्त्य गरेर एक ढिक्का कांग्रेस बनाउने हो भने पार्टीको जित सुनिश्चित रहेको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij