Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा हुने यू–१५ साफ च्याम्पियनसिपको लागि नेपाली टीमको घोषणा


  • बुधबार, साउन २२ २०७६

  • भारतमा हुने यू–१५ साफ च्याम्पियनसिपको लागि नेपाली टीमको घोषणा

    काठमाडौं – यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।
    मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । भारतको कल्यानी रंगशालामा यही २१ अगष्टबाट ३१ अगष्टसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको लक्ष्य उपाधि जित्नु रहेको छ ।
    नेपाली टीममा गोलकिपर ईश्वर गुरुङ, मनोज दाहाल, जेनियस केसी, डिफेन्डर प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा, मिडफिल्डर जान्मीजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई, फरवार्ड क्रिशन अधिकारी यादव, क्रिश सापकोटा, सुजन जिमी, शशांक बोहरा रहेका छन् ।
    पाँच देशको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक भारतसँग अगष्ट २१ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।
    राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टीम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij