काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न आग्रह गरेका छन् ।
मंललबार संसदमा विशेष समय लिएर बोल्दै गिरीले सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेका भन्दै उनले त्यसको मर्यादा कायम गर्न सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिबारे अहिले टीकाटिप्पणी हुँदैछ । प्रतिपक्ष हार्यो , सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो’ उनले भने, ‘यी मेरा कानमा परेका शब्दहरु हुन् ।
हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आआफ्नो ठाउबाट योगदान गरेर विशेष गरेर सभामुखकै पहलबाट कदम लिएको हो । यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस । प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
