काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएको छ । बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका थिए ।
सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाए ।
सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसनग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गर्दै नाराबाजी गरिरहे ।
विपक्षीले नाराबाजी नरोकेपछि सभामुख महराले बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
