Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्डले भने – हेग लगे त विश्वको हिरो हुन्थें


  • मंगलबार, साउन १४ २०७६

  • प्रचण्डले भने –  हेग लगे त विश्वको हिरो हुन्थें

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए आफू विश्वको हिरो बन्ने बताएका छन्।
    खुमलटारस्थित निवासमा सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छोडेर आएकालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले आफूलाई हेग लिएर झुन्ड्याउने रे भन्ने कुरा सुनेको बताए।
    ‘अहिले प्रतिक्रियावादीहरू नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी नेताहरूलाई बदनाम गर्न र सिध्याउन लागेका छन्। षडयन्त्र र प्रचार बढी भएका छन्,’ प्रचण्डले भने,‘एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गर्नुभयो। मलाई हेग लगे पनि केही फरक पर्दैन। त्यो त मेरा लागि गर्वको कुरा हुन्थ्यो। किनकी विश्वभरका मानिसले एकै साथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थें।’
    तर कसैले पनि आफूलाई हेग लैजान्छन् भन्नेमा विश्वास नभएको प्रचण्डले बताए।
    उनले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहुन्जेल हेगमात्र होइन संसारको जुनसुकै कुनामा लगे पनि केही फरक नपर्ने तर देशमा अहिलेको व्यवस्था नै नरहे भने देश नै खतरामा पर्ने बताए।
    विप्लव समूह छोडेर आएकाहरूलाई स्वागत गर्दै उनले क्रान्ति दुई(चार जनाका कुराले नहुने भएकाले विप्लव पनि ढिलो चाँडो नेकपामा मिसिन आउने बताए।

    ‘कि यहाँ आउने कि सिद्धिनेबाहेक उहाँसँग अर्को विकल्प छैन,’ प्रचण्डले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij