Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल यू–१९ एसिया कपमा छनौट


  • मंगलबार, असार २४ २०७६

  • नेपाल यू–१९ एसिया कपमा छनौट

    काठमाडौं – अब नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । आज पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
    मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
    लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।
    ३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।
    टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
    उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij