Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सीड्नीमा मनाइयो बिश्व खेलुकद पत्रकार दिवस


  • सोमबार, असार १६ २०७६

  • सीड्नीमा मनाइयो बिश्व खेलुकद पत्रकार दिवस


    मैत्रिपुर्ण खेलमा म्यारिकभिलद्धारा नाजा पराजित

    बिश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा पारेर अस्ट्रेलियामा रहेका नेपाली सन्चारकर्मीहरुको संगठन नेप्लीज अस्ट्रेलियन पत्रकार संघ(नाजा)ले सिड्नीमा मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ । सीड्नीमा रहेका नेपाली समुदायका अगुवाहरुको उपस्थीतीमा सम्पन्न सो मैत्रिपुर्ण फुटबल खेलमा म्यारिकभिल नेप्लीज क्लबले नाजाको टोलीलाई३ ,१लले पराजित गरेको छ । समाजीक अगुवाहरुसँंग हातेमालो र आपसी सम्वन्ध तथा सदभाव अभिबृद्धीका लागि आयोजित मैत्रिपुर्ण खेलमा नाजाका तर्फवाट एक मात्र गोल राज खनालले गरेका थिए । उता म्यारिकभिलका तर्फवाट भने तिनै गोल सुमन गुरुङले गरे ।
    पहिलो हाफसम्म १,० ले अगाडी रहेको नाजाका पत्रकारहरु मध्यान्तरपछि थकित हुन थालेपछि म्यारिक भिलले लगातार तिन गोल थपेको थियो । अस्ट्रेलियामा छरिएर रहेका सन्चारकर्मीहरुलाई गोलबद्ध बनाउने क्रममा भर्खरै गठन भएको नाजाले जुलाई दुईमा मनाइने बिश्व खेलकुद पत्रकार दिवस पारेर मैत्रिपुर्ण खेल आयोजना गरेको थियो । स्थानिय हिमालयन रेडियोको संयोजन तथा किङ्सफोर्ड इन्टरनेशनल इन्सिच्युटको प्रायोजनमा सम्पन्न मैत्रिपुर्ण खेलमा सन्चारकमीहरुले सगरमाथा र बुद्ध अंकित टिर्सट लगाएर मैदानमा भिडेका थिए । सिड्नीमा भ्रमणमा रहेका नेकपाका बिदेश बिभाग सदस्य युवराज चौलागाईले सन्चारकर्मीलाई सो जर्सी हस्तान्तरण गरेका थिए ।

    यस्तै कार्यक्रममा दुबै टिमका दुइ दुइ जना उत्कृष्ट खेलाडीलाई भर्खरै सीड्नीमा औपचारिक रुपमा भित्रिन लागेको गोल्डस्टार जुत्ताकोतर्फवाट निर्देशक प्रदिप शाहले गिफ्ट ह्याम्परको ब्यवस्था गरेका थिए । अस्ट्रेलियामा बसाइ सरेका पहिलो नेपालीका रुपमा चिनिएका अगुवा नारायण प्रधानले समाज र सन्चारजगत एक आपसका परिपुरक भएकोहुँंदा सधै हातेमालो गरेर हिड्नु पर्ने बताए । उनले खेलुकद अनुशासन र स्वस्थका लागि महत्वपुर्ण माध्यम भएको सुनाए । कार्यक्रममा अमेरिकावाट घुम्न आएका पुराना सन्चारकर्मी गिरिस पोखरेलले अस्ट्रेलियामा नेपाली समुदायको प्रगती उन्नती सुन्न पाएकोमा खुसी ब्यक्त गर्दै सन्चारकर्र्मीहरुको बाक्लो उपस्थीती र समाजीक सदभाव निकै प्रेमिल रहेको बताए । कार्यक्रममा नेकपाका युवा नेता युवराज चौलागांइले सिड्नीमा आएर पनि फुटबलको माध्यमवाट समाज र सन्चारकर्मीसँंग जोडिन पाउनु सौभाग्य भएको बताए । उनले बिदेशमा बसेर पनि मुलुक सम्झने नेपाली मनहरुप्रती सम्मान प्रकट गरे ।
    कार्यक्रममा म्यारिकभिल क्लबलाई किङ्गसफोर्ड कलेजकोतर्फवाट फुटबलको खेल सामाग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा किङ्सफोर्ड कलेजकातर्फवाट राज खनालले खेलुकद मुलुक चिनाउने माध्यमसँंगै स्वस्थ जिवनको महत्वपुर्ण पक्ष भएकोले यसको महत्व बिर्सनु नहुने बताए । एनआरएन अस्ट्रेलियाका पब्लीक रिलेसन अफीसर भिम खरेलले मिडिया र समाजबिचको सम्वन्ध नङमासु भएको सुनाए । समाजका लागि सन्चार र सन्चारका लागि समाज परिपुरक हुन र यी दुबै पक्षबिचको मिलन साच्चीकै हेर्न लायक हुन्छ, खरेलले भने ।
    नाजाका वरिष्ठ सदस्य मनऋषी धितालले सन्चालन गरेको कार्यक्रममा नाजाका संयोजक हेमन्त काफ्ले , डा भरतराज पौडेल ,सदस्य ऋषी आचार्य, टिका कार्की तथा योग गुरु आर्चाय राजनले मैत्रिपुर्ण खेल र खेलुकदको महत्वबारे प्रकाश पारेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij