Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं कांग्रेसको उपसभापतिमा विजय माली मनोनित


  • बुधबार, असार ११ २०७६

  • काठमाडौं कांग्रेसको उपसभापतिमा  विजय माली मनोनित

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौंको उपसभापतिमा विजय माली मनोनित भएका छन् । कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँको अध्यक्षतामा बुधवार बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।
    कार्यसमितिका सचिवमा शंकर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेका छन् । काठमाडौं कांग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरेपनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो ।
    उक्त पदमा मनोनयन भएसँगै काठमाडौं कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई बुधवारै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij