Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय समितिको बैठक असार २२ गते बस्ने


  • शुक्रबार, असार ६ २०७६

  • कांग्रेस केन्द्रीय समितिको बैठक असार २२ गते बस्ने

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
    असार २२ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij