Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ – दाहाल


  • बिहिबार, असार ५ २०७६

  • मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ –  दाहाल

    कास्की – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताएका छन् ।  
    आज प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुन्छ । ”
    पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेका विषय भएको उल्लेख गर्दै उनले यी विषय नयाँ नभएको बताए ।
    अध्यक्ष प्रचण्डले दुई पार्टीको एकीकरण आफैँमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्वपूर्ण छ, पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेका अवस्थामा फेरि त्योभन्दा बाहिरबाट गतिविधि जो कोहीले गरे पनि सैह्य नहुने बताए ।
    अध्यक्ष प्रचण्डले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको चर्चागर्दै पहिलो वर्षलाई आधार वर्षका रुपमा लिदै यस अवधिमा संवैधानिक, कानूनी एवं विकास पूर्वाधारका काम अघि बढेको बताए । यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।
    वर्तमान परिवर्तन विगतको जस्तो मात्रात्मक परिवर्तन मात्र नभएको बताउँदै उनले व्यवस्थामा नै परिवर्तन भएका कारण केही मात्रामा जटिलता आउनु स्वभाविक भएको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij