Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण भयो -पौडेल


  • शुक्रबार, जेष्ठ २४ २०७६

  • जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण भयो  -पौडेल

    दोलखा- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताएका छन् ।
    आज नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आयोजित कार्यक्रममा उनले जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाए ।
    देशमा जनताले आशा गर्न ठाउँ नरहेको उनको भनाइ थियो । जनतालाई देखाएको सपना सरकारले पूरा गरेनन् पौडेलले भने, ‘कार्यक्रममा काङ्गे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij