Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल मलेसियासँग हार्यो


  • सोमबार, जेष्ठ २० २०७६

  • नेपाल मलेसियासँग हार्यो

    काठमाडौं-मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । मलेसियामा आइतबार भएको खेलमा नेपाल मलेसियासँग २-० गोलले पराजित भयो ।
    मलेसियाको जितमा सफावी राशिद र साहरुल सादले गोल गरे । मलेसियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५१ औं मिनेटमा राशिदले पेनाल्टी मार्फत गोल गरेका थिए । नेपालका अनन्त तामाङले डिबक्सभित्र मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टीको मौका पाएको थियो । ८२औं मिनेटमा सादले गोल गर्दै मलेसियाको जित सुनिश्चित बनाए ।
    नेपालले यही जुन ६ तारिख चाईनेज ताईपेईंसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली मलेसियाबाट सोझै ताईपेईं जानेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij