Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा किन्यो


  • बिहिबार, जेष्ठ ९ २०७६

  • सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा किन्यो

    काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टसबाट खेल्ने भएका छन्।
    प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (अर्थात् ७७ लाख ७० हजार नेपाली रूपैयाँ)मा किनेको हो।

    अघिल्लो सिजन ५ हजार डलरमा विक्री भएका उनी यसपटक भने महँगैमा विक्री भए। सिपिएल टि-२० को अघिल्लो सिजनमा सन्दीप सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट खेलेका थिए।

    सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन्। आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij