काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका लागि भातृ संस्थाको महाधिवेशन छिटो गर्नुपर्ने बताएका छन्।
आइतबार पार्टी पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको १३ औं दिन पुण्यतिथिमा केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सुनौलो भविष्यका लागि महाधिवेशन गर्नुपर्ने बताए।
‘भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छिटो गरौं,’ उनले भने, ‘पार्टीकै महाधिवेशन पनि छिटो गर्नुपर्नेछ।’
साथै उनले कांग्रेसभित्रै जागरण ल्याउन पनि देशैभर जागरण अभियान गर्नुपर्ने बताए
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
