Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टीभित्रको गुट, उपगुट १४ औं महाधिवेशनबाट अन्त्य हुन्छ – सभापति


  • बुधबार, बैशाख ४ २०७६

  • पार्टीभित्रको गुट, उपगुट १४ औं महाधिवेशनबाट  अन्त्य हुन्छ – सभापति

    कञ्चनपुर- नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट १४ औं महाधिवेशनबाट अन्त्य हुने बताएका छन् ।
    आज कञ्चनपुरको टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले महाधिवेशन नजिकिएकोले आफूविरूद्ध पार्टीभित्र आलोचना भएको बताए।
    ‘पार्टीभित्रबाटै विरोधका आवाज सुनिएका छन्,’ देउवाले भने, ‘सभापतिलाई महाधिवेशनको मुखमा आएर नराम्रो भन्ने नै भए नि। जसलाई पनि सभापति लड्न छुट छ। विरोध गर्नुपर्दैन संगठन राम्रो बनाउनुहोस्।’
    नेपाल विद्यार्थी संघले छिटै नेतृत्व पाउने दाबी गरेका उनले तरुण दललगायत भातृ संगठनलाई पनि सुधार गरिने बताए।
    अबको महाधिवेशनले पार्टीलाई एक बनाएर लैजाने उनले बताए।
    सरकारले वर्षदिनमा एउटा पनि गतिलो काम नगरेको सभापति देउवाले आरोप लगाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij