Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कांग्रेस अनुशासन समितिले उजुरी माग्यो, चैत मसान्तभित्र दिनु पर्ने


  • मंगलबार, चैत्र १२ २०७५

  • कांग्रेस अनुशासन समितिले उजुरी माग्यो,  चैत मसान्तभित्र दिनु पर्ने

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मशान्तभित्र उजुरी दिन आग्रह गरेको छ ।
    आज बसेको समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो ।
    ‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ’ बैठकको निर्णयमा भनिएको छ ।
    समितिले पार्टीका कुनै नेता, कार्यकर्ताले लिखित रुपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीतका काम, कारबाही र गतिविधि प्रकट गरेमा पार्टी विधानअनुसार कारवाही गर्ने आफ्नो क्षेत्राधिकार रहने पनि बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij