Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लवलाई हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको आग्रह


  • आइतबार, चैत्र ३ २०७५

  • विप्लवलाई हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको आग्रह

    काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्या, हिंसा, आतंक छाडेर वार्तामा आउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ।
    प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ,’ भनेका छन्। सबैखाले विमतिको हल राजनीतिक संवादका माध्यमबाट खोज्न सकिने भएकोले वार्तामा आउन विप्लवलाई कांग्रेसले आग्रह गरेको हो। सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएकोमा कांग्रेसले वार्ताबाट नै दीर्घकालीन रुपमा समस्याको समाधान खोज्न आग्रह गरेको छ।
    रकारले संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समस्याको समाधान खोज्न नसकिने भएकोले वार्ताबाटै समस्या हल गर्ने शासकीय सुयोग्यता प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ।
    संविधानभित्रबाटै विप्लवलाई विश्वासमा लिन पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ। ‘हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गर्दछौं,’ शर्माले भनेका छन्।

    सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताबाटै समाधान खोज्न आग्रह गरेको’ तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ आग्रहसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।
    लामो हिंसाबाट शान्तिको सास फेरिरहेको अवस्थामा फेरि हिंसाबाट जर्जर भएर नागरिक जीवनमाथि खेलवाड नगर्न कांग्रेसले सचेत गराएको शर्माले बताएका छन्। ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्छ,’ प्रवक्ता शर्माले भने।
    सरकारले नागरिक जीवनको सुरक्षा गर्ने नाममा संविधान विपरीत निषेध गरेको कांग्रेसको आरोप छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij