काठमाडौं -साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ।
शनिबार शहीद रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपालले उक्त स्थान पक्का गरेको हो। योसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम ४ मा प्रवेश गरेको छ।
नेपालको तर्फबाट सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक(एक गोल गर्न सफल भए। अर्को एक गोल भने बंगलादेशले आत्मघाति गरेको थियो।
नेपालले तीन वटै गोल पहिलो हाफमा गर्न सफल भएको हो।
समूह ‘ए’मा नेपालले दुई खेलबाट ६ अंक जोडेसँगै ऊ समूह विजेता बनेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
