Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाउनु राम्रो हो : देउवा


  • बुधबार, फाल्गुन २९ २०७५

  • सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाउनु राम्रो हो : देउवा

    विराटनगर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।
    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको बताए ।
    देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने स्वष्ट पारे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij