Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको छ – नेता पौडेल


  • सोमबार, फाल्गुन ६ २०७५

  • मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको छ  – नेता पौडेल

    तनहुँ–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप लगाएका छन् ।
    सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले भने ‘ओली जीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको छ ।’
    पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सबै नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए ।
    उनले काँग्रेसले महासमितिबाट पास भएको विधानले अवसर नपाएका कार्यकर्तामाथि न्याय गर्ने आश्वासन दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij