Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फागुन ७ गते पोखरा म्याराथनमा ५ हजार पोखरेली दौडनेछन – अध्यक्ष गुरुङ


  • शनिबार, फाल्गुन ४ २०७५

  • फागुन ७ गते पोखरा म्याराथनमा ५ हजार पोखरेली दौडनेछन – अध्यक्ष गुरुङ

    पोखरा- भूतपूर्व खेलाडी मंचका आयोजनामा यहि फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार पोखरेली सङै दौडने मंचका अध्यक्ष तेज गुरुङले बताएका छन ।
    मंचले शनिबार पोखरामा म्याराथनको सम्पूर्ण तयारी बारे आयोजना गरेको पत्रकार सम्मेलनमा गत संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउने गरि कार्यक्रम अगाडी वढेको अध्यक्ष गुरुङले बताए ।
    ७ गते विहान ६ः३० वजे हुरु पोखरा रंगशालामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेशियामा १९९१, १९९२ र १९९३ मा किर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिती रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
    त्यसै गरि नायिका तथा सगरमाथा आरोही रोजिता व्ुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ समेत सहभागिताका लागि पोखरा आइसकेका छन ।
    पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फ बाट अध्यक्ष मान प्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन । त्यसै गरि अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले ३ लाख रुपैया सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । यस्तै हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन ।
    पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं ५ का तर्फ वडाका अध्यक्ष एवम महानगरका प्रवक्ता धन बहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गरेका थिए ।
    सो अबसरमा बोल्दै पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउन्ु सबैको गौरबको विषय भएको बताए । वोष्टनका याम पौडेलले अमेरिका बाट नेपालका अन्य क्षेत्रमा सहयोग गरिरहेको भए पनि पहिलो पटक खेलकुदको क्षेत्रमा सहयोगका हात अगाडी बढाउन पाउँदा निकै खुसीको अनुभुती भएको धारणा राखे । ब्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलकी राष्ट्रिय खेलाडी मञ्जु गुरुङले दुइ दशक पछि खेलकुदका लागि आफ्नो मातृभूमी टेक्न पाउँदा गर्व लागेको बताइन ।
    उक्त प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैया स्वदेश तथा विदेशबाट संकलन भएको अध्यक्ष गुरुङले जनाएका छन भने करिब २३ लाख खर्च लाग्ने उनले बताएका छन । गण्डकी प्रदेश सरकारले उक्त प्रतियोगितालाई सफल पार्न २ लाख रुपैया आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ उक्त प्रतियोगिताका प्रमुख संरक्षकमा रहेका छन भने संरक्षकमा भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी रहेका छन् ।
    प्रतियोगितालाई सफल पार्न २६ वटा उपसमिति बनाएर तयारी तीव्र पारेको जनाउदै हालसम्म ३ सय ५७ वटा संघ संस्थासंग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको बताए । प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउँदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।
    फागुन ७ गतेहुने पोखरा म्याराथनलाई हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने भएको मंचका प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली जानकारी दिएका छन । मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाटले पोखरा म्याराथनका लागि विशेष रुपमा आफ्नो तयारी गरि यूके, हङकङ, वोष्टन लगाएत अन्य मुलुक बाट सहभागिताका लागि आउने क्रम जारी रहेको जानकारी दिए ।
    तस्बिरः सुदर्शन रंजित

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij