Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट जारी


  • शनिबार, फाल्गुन ४ २०७५

  • आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट जारी

    पोखरा- प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जानकारी दिएको छ ।
    दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स ४०० मिटर पुरुषमा तनहुँका दान बहादुर बराल मगरले ५४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । नवलपुरका समिर महतोले ५४ सेकेण्ड र म्याग्दीका इश्वर सेन्चिुरीले ५७.१६ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक जिते ।
    महिला ४०० मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले १ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितिन भने कास्कीकी अनिशा भण्डारीले १ मिनेट १३.२० सेकेण्ड र गोर्खाकी शुष्मिता काराखेतीले १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र काश्य पदक हात पारे ।
    यसै गरि पुरुष ज्याभलिन थ्रोमा गोर्खाका निशाना गुरुङले ४०.९७ मिटरको दुरी पार गराउँदै स्वर्ण जितेका छन । स्याङजाका चित्र बहादुरले ४०.७४ मिटर र नवलपुरका निरज महतोले ३९.८० मिटरको दुरी पार गराउँदै क्रमश रजत र काश्य पदक हात पारे ।
    महिला ज्याभलिनमा तनहुँकी सुमित्रा थापाले स्वर्ण जितेकी छन । उनले २८.९० मिटरको दुरी पार गराईन । कास्कीकी सोनु नेपालीले २६.९७ मिटर र गोर्खाकी सविता तामाङले २२.९१ मिटरको दुरी पारा गराउँदै क्रमश रजत र काश्य पदक जिते ।
    सम्पन्न ८०० मिटर पुरुष दौडमा लमजुङका शुजन बिकले २ मिनेट १५.२१ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । यसैगरि मनाङका प्रकाश गुरुङ २ मिनेट १६.३१ सेकेण्डमा दुरी पार गर्दै रजत र गोर्खाका आर्यान बस्नेतले २ मिनेट १८. १८ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जिते ।
    महिला ८०० मिटर दौडमा कास्कीकी ललिता लामिछानेले २ मिनेट ४५.३० सेकेण्डमा दुरी पारगर्दै स्वर्ण, स्याङजाकी जानकी खनालले २ मिनेट ५१.५० सेकेण्डमा दुरी पार गर्दै रजत र नवलपुरकी मालती चौधरीले २ मिनेट ५४.९० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारेका छन ।
    यसै गरि पुरुष टेबल टेनिस पुरुष एकल तर्फ कास्कीका शंकर धितालले स्वर्ण जितेका छन भने बागलुङ शुजन कुवंरले रजत, बागलुङका समर केसी र कास्कीका अनुश कुवर तथा कास्कीका सुमेश लामाले काश्य पदक हात पारे ।
    महिला टेबुल टेनिस तर्फ कास्कीकी मुना थापाले स्वर्ण, कास्कीकी पार्वती श्रेष्ठले रजत, नवलपुरकी प्रमिशा न्यौपाने, कास्कीकी सुजाता पौडेल र कास्कीकी ज्योती गुरुङले काश्य पदक जितेका छन ।
    लङजम्प तर्फ लमजुङका जयन्द्र गुरुङले स्वर्ण पदक जितेका छन । उनले ६.१७ मिटर जम्प गरेका थिए । म्याग्दीका इश्वर सेन्चिुरीले ५.८९ मिटर र कास्की अमृत कुवरले ५.७६ मिटर जम्प गर्दै क्रमश रजत र काश्य पदक जिते । महिला तर्फ गोर्खाकी शविना परियारले स्वर्ण, लमजुङकी रजिना कुमालले रजत र लमजुङकी लक्ष्मी परियारले काश्य हात पारिन ।
    यस अघि प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सीनाले अबको खेलकुद नयाँ ढङले अगाडी बढ्ने बताएका छन । मुलुकको खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद पंचायतकालिन संरचनामा चलिरहेकोले पनि खेलाडीले भने जस्तो गरि सुबिधा समेत पाउन नसकेको उनले बताए ।
    उपाध्यक्ष तिमिल्सिनले पोखराको खेलकुदको पूर्वाद्धारहरु यथासिघ्र सम्पन्न गर्ने गरि काम संचालन गरिने बताए । ै ८ औं राष्ट्रिय खेलकुद तोकिएको समयमा सम्पन्न हुने कि नहुनेमा अझै केही भन्न नसिकिने बताउँदै उनले भने–“मिती तोक्न सकेका छैनौ तर आफुनो मन भित्र बाट भने छिटो गर्नु पर्छ भन्नेनै छ र मनमा त्यही कुरा खेलिरहेको छ ।”
    गरिने र त्यस पछि शुरुहुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि नेपालले विशेष तयारीका साथ तयारीका लागि जुट्ने समेत उपाध्यक्ष तिमिल्सिनाले बताए ।
    पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले खेलाडीले भने जस्तो सुविधा पाउन नसकेको र परिक्षाका समयमा छनोट खेलकुद हुँदा धेरै खेलाडी छनोटका लागि वञ्चित हुन परेको गुनासो गरे ।
    गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता फागुन २५ गते सम्पन्न हुने छ भने विभिन्न ११ जिल्लामा विभिन्न प्रतियोगिताहरु हुदैंछन । प्रतियोगितामा ११ जिल्लाका कुल २ हजार ८ सय ७७ खेलाडीको सहभागिता रहने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij