Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देश फेरि पनि द्वन्द्वमा फँस्न सक्छ – अध्यक्ष प्रचण्ड


  • शुक्रबार, माघ २५ २०७५

  • देश फेरि पनि द्वन्द्वमा फँस्न सक्छ – अध्यक्ष प्रचण्ड

    काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।

    राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ ।’ साथै उनले भने ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला रु अबको नेपालले त्यो धान्न सक्ला ?’
    हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।

    तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए ।
    उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij