चितवन -नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको स्वीकार्दैै आजै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् ।
चितवनको भरतपुरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै अध्यक्षले भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने पनि बताए ।
अध्यक्षले भने, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन । सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ । ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित बिषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
