Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा यु–१८ आइटीएफ टेनिस शुरु


  • मंगलबार, माघ २२ २०७५

  • पोखरामा यु–१८ आइटीएफ टेनिस शुरु

     

    प्रतियोगिता खेल पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण–मन्त्रि विश्वकर्मा

    पोखरा -अन्तर्रा्िष्ट्रय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताले मित्र राष्ट्रहरु संगको सम्बन्धलाई कसिलो बनाउने बताए । उनले पर्यटकिय शहर पोखरामा आयोजना हुने यस किसिमको प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतियोगिताको उद्घाटन दिन पुरुष एकलतर्फको खेलमा हङकङका केल लोक इन ताङले नेपालका प्रणव खनाललाई ६–३, ६–१ ले, भारतका अनुराग अग्रवालले नेपालका आर्यन गिरीलाई ६–३, ६–० ले, फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले भारतका फैज नस्यामलाई ६–२, ६–३ ले, भारतका जेराल यासिनले श्रीलंकाका कभिसा रत्नाइकेलाई ६–३, ६–१ ले पराजित गरे ।

    त्यसैगरि पुरुषतर्फकै एकलमा चीनका चेन लियाङले नेपालका अभिनाव आचार्यलाई ६–१, ६–१ ले, जर्मनका पउल आर्मिन अल्ब्रेच्टले नेपालका सम्रक्षक बज्राचार्यलाई २–६, ६–२, ६–२ ले, भारतका दिपेन्दर ग्रेवालले मलेशियाका जियान कियोन ताकेशिलाई ६–४, ६–४ ले, चीनका जिछुवान लिले श्रीलंकाका दिलान हेराथलाई ६–२, ६–० ले, भारतका आदित्य वरदान रोय चौधरीले मलेशियाका हेडन खु मेनन्लाई ६–०, ६–२ ले, जापानका ताकुमी वातानेवले थाइल्याण्डका पोस्वात अकरपनालाई ६–१, ६–४ ले पराजित गरे ।

    प्रतियोगिताको उद्घाटन दिन महिलातर्फ भएको प्रतिस्पर्धामा भारतका श्रृष्टि धिरले नेपालका इशा श्रीलाई ७–५, १–६ र ६–२ ले, चीनका लि यि लियुले भारतका श्रीया चक्रबर्तीलाई ६–०, ६–३ ले, चीनका कुङ्गलिङ जाङले नेपालका एनी माथेमालाई ६–१, ६–२ ले, कोरियाका जुमिन कोन्सले भारतका लेफिन जमिरलाई ६–२ र रिटायर्ड हर्टमा पराजित गरे । महिलातर्फकै अन्य खेलहरुमा चीनका जियु झाङले नेपालका शुभांगि लक्ष्मी शाहलाई ६–०, ६–२ ले, जापानका जुलिया धैया वार्देनले नेपालका प्रकृती श्रेष्ठलाई ६–१, ६–० ले तथा चीनका इटोङ्ग झाङले नेपालका अल्सा रेग्मीलाई ६–०, ६–२ मा पराजित गर्दै विजयी शुरुवात गरे ।

    कास्की टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमा प्रतियोगिताका संयोजक सूर्य बहादुर भुजेलले पोखराको पर्यटन क्षेत्रको विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, कास्की जिल्ला टेनिस संघका महासचिब नबिन चालिसे लगाएतले भनाई राखेका थिए ।

    प्रतियोगितामा मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij