Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो


  • आइतबार, माघ २० २०७५

  • नेपालले युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो

    काठमाडौं नेपालले युएई विरूद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज २- १ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी २० अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो।
    आइतबार भएको तेस्रो टी २०मा आयोजक युएइलाई १४ रनले हराएपछि नेपालले शृंखला कब्जा गरेको हो । पानी परेर १० ओभरमा छोट्याइएको खेलमा नेपालले युएइलाई १०५ रनको चुनौति दिएको थियो ।


    युएइले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । नेपालको जित सुरक्षित गर्ने क्रममा करण केसी, ललितसिंह राजवंशी र अविनास बोहोराले दुई दुई विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।
    एक सय ५ रनको लक्ष्य पछ्याउने क्रममा युएईका लागि साइमान अनवरले सर्वाधिक ३० रन बनाए । यस्तै गुलाम शब्बेरले २५ रन र महोम्मद बुटाले ११ रन जोडे । युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि सन्दीप जोराले २८ रन, बिनोद भण्डारीले २१ रन, करण केसीले १० रन र दीपेन्द्रसिंह ऐरीले २ रन को योगदान गरे । युएईका लागि आमिर हायात र महोम्मद नाभिदले समान २ विकेट लिए । यस्तै जहोर खान, महोम्मद बुटा र सुल्तान एहमदले समान १र१ विकेट लिए ।
    कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाए । यस्तै पवन सफार खाता नखोली आउट भएका थिए । नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तर दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको थियो । अन्तिम खेलमा जित दर्ता गरेपछि नेपालले शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि नेपालले युएई विरुद्धको एक दिवसीय सिरिज पनि २-१ ले जितिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij