Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छात्रा तर्फ पोखरा एकेडेमी र छात्र तर्फ माउण्ट अन्नपूर्णलाई उपाधि


  • आइतबार, माघ १३ २०७५

  • छात्रा तर्फ पोखरा एकेडेमी र छात्र तर्फ माउण्ट अन्नपूर्णलाई उपाधि

    पोखरा–पोखरा रंगशालामा शनिबार सम्पन्न भएको चौथो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्रा तर्फको उपाधि पोखरा एकेडेमीले र छात्र तर्फ भने माउण्ट अन्नपूर्ण स्कुलले जितेको छ ।
    छात्रा तर्फको फाईनल खेलमा पोखरा एकेडेमीले माउण्ट अन्नपूर्णलाई १ को बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी छात्र तर्फको फाईनल खेलमा माउण्ट अन्नपूर्णले पोखरा एकेडेमीलाई १७–१३ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।
    “ह्याण्डवल खेलौं, स्वस्थ र अनुशासित युवा जनशक्ति तयार गरौं ” भन्ने नाराका साथ पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिएको हो । प्रतियोगितामा छात्रा तर्फ माउन्ट अन्नपूर्णकी साईमी गुरुङ, छात्र तर्फ पनि माउन्ट अन्नपूर्णकै एन्जल पुन उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पोखरा एकेडेमीका छात्रा दिया थापा र पोखरा एकेडेमीकै सुदिप गुरुङले हात पार्न सफल भए ।
    प्रतियोगितामा छात्र तर्फ १६ टिम सहभागि मध्य प्रगती बोर्डिङ स्कुल र छात्रा तर्फ १० टिमको सहभागिता भएकोमा एस.ओ.एस. हर्मन माईनर अनुशासित टिम घोषित भएको कास्की जिल्ला ह्याण्डल संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए । विजेता खेलाडीहरुको टिमलाई नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङ, एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजय अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, संघ कास्कीका विदेश विभाग प्रमुख एंव पुर्ण खेलाडी राम बहादुर गुरुङ, कास्की जिल्ला बास्केटवल सुंघका अध्यक्ष धोजकुमार गुरुङ, पुर्व खेलाडी ई. झपट बहादुर थापा, संघ कास्कीका कार्यवहाक अध्यक्ष चित्र बहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका हुन् ।
    कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा माघ ९ देखि उक्त प्रतियोगिता पोखरा रंगशालाको ह्याण्डव एकेडेमीमा उक्त प्रतियोगिता संचालन भएको संघ कास्कीका कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij