Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा हालै निमार्ण भएको ह्याण्डव एकेडेमीको उद्घाटन


  • आइतबार, माघ १३ २०७५

  • पोखरामा हालै निमार्ण भएको ह्याण्डव एकेडेमीको उद्घाटन

    पोखरा–पोखरा रंगशालामा हालै निमार्ण गरिएको ह्याण्डवल एकेडेमीको शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा, नेपाल ह्याण्बल संघ, जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हालै पोखरा रंगशालमा निमार्ण भएको उक्त एकेडेमीको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गरेकी हुन।्
    कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्ता खेलकुदका भौतिक संरचनाले पोखरा सहित गण्डकी क्षेत्रको खेलकुदको विकास हुने विश्वास व्यक्त गरिन् । बिद्यार्थीहरुलाई पढाई र शिक्षालाई संग संगै लैजान आग्रह गर्दै मन्त्री पुनले गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सवै लाग्न लाग्नु पर्नेमा जोड दिइन् । नेपालमा हुने साफ गेम्सलाई लक्षित हुने गरी उक्त एकेडेमी नेपालमै पहिलो पटक करिब ९९ लाखको लागतमा निमार्ण गरिएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । उक्त अवसरमा पुर्व खेलाडी तथा संघका विदेश विभाग प्रमुख राम बहादुर गुरुङ, ह्याण्डवल एकेडेमी खेल मैदान निमार्ण उपभोक्ता समितिका संयोजक योगेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ । संघ कास्कीका कार्यवहाक अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    उक्त एकेडेमी निमार्णसंगै पोखरामा राष्ट्रिय बन्द प्रशिक्षण गर्न सहज हुने भएको अध्यक्ष गुरुङले बताए । एकेडेमीमा ह्याण्डवल मैदान, कार्यालय संचालनको लागि एउटा कोठा, सभाहल, महिला÷पुरुषको लागि चेन्जिङरुम, स्टोर रुम, किचन रुम, ट्वाईलेट वाथरुम लगायतका संरचना निमार्ण भएको गुरुङले बताए । उक्त एकेडेमी स्थापनाले पोखरामा ह्याण्डवल खेलको तल्लो स्तरबाटै विकास गराउन समेत थप मद्धत पुग्ने अध्यक्ष गुरुङले विश्वास लिएका छन। विभिन्न बिद्यालयहरुले समेत उक्त एकेडेमीमा आफ्ना बिद्यार्थीहरुलाई अभ्यासको रुपमा तथा प्रतियोगिताको रुपमा संचालन गर्न सकिने उनले जनाए । करिब १० रोपनी क्षेत्रफलमा रहेको उक्त एकेडेमी नेपालमै पहिलो पटक पोखरामा हालै निमार्ण भएको अध्यक्ष गुरुङले दाबी गरे । ह्याण्डवल एकेडेमी निमार्ण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र बस्नेतले राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा निमार्ण समितिको करिब १० प्रतिशत लागतमा उक्त एकेडेमी निमार्ण भएको बताए । ४० वाई २० मिटरको ह्याण्डवल मैदान सहितको दुई लेनको प्यारापिट समेत निमार्ण भएको समितिका संयोजक बस्नेतले जनाए । उक्त समितिको सचिवमा श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा शान्ति थापा र अन्य सदस्यहरुमा विश्व तण्डुकार, टिकाराम पुन, मोहन प्रसाद गुरुङ र पदम नेपाली रहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij