Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा भेट्रान एट ए साइड सुरु, एन्फा उपाध्यक्ष थापा र पूर्व खेलाडी गूरुङ सम्मानित


  • बुधबार, माघ ९ २०७५

  • पोखरामा भेट्रान एट ए साइड सुरु, एन्फा उपाध्यक्ष थापा र पूर्व खेलाडी गूरुङ सम्मानित

    पोखरा- पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आंठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता” मंगलबार देखि टुँडी खेलमा सुरु भएको छ ।
    उद्घाटन खेलमा अम्मरसिंह व्याइज क्लब (एविसी)ले विजयी सुरुवात गरेको छ । एबिसीले लेकसाइड भेट्रानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । एबिसीलाई जिताउन बिजय गुरुङले २ तथा मनोज घिमिरे र सञ्जय गुरुङले समान १–१ गोल गरे ।
    त्यसै गरि अन्य खेलमा बुटबल भेट्रानले इन्द्रेणीलाई २–० गोलले पराजित गरेको छ । पाहुना टोली बुटवलले पोखराको इन्देणीलाई पराजित गर्न श्री गुरुङ र शुसिल श्रेष्ठले १–१ गोल गरे भने अर्को एक खेलमा संगम भेट्रानले विरगञ्ज भेट्रानलाई २–० गोल अन्तरले पाखा लगायो । संगमका लागि दुबै गोल लाल बहादुर खत्रीले गरेका थिए ।
    यस अघि भएको उद्घाटन समारोहमा बगर भाई खलकले एन्फाका उपाध्यक्ष एवम पूर्ब राष्ट्रिय खेलाडी कृष्ण थापालाई फुटबलमा लामो समय देखि पु¥याएको योगदानको कदर गर्दै ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
    सोही कार्यक्रममा ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी एवम समाजसेवी राम बहादुर गुरुङलाई समेत खेलकुद क्षेत्रमा योगदान दिएकोमा संस्थाले ताम्रपत्र र दोसल्लाले सम्मान गरेकोे छ । सम्मानित हुने दुबैजनालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम कार्यक्रमका प्रमुख अतिथी राजेश गुरुङले सम्मान गरेका थिए ।
    सो अबसरमा बोल्दै परिषद सदस्य गुरुङले पूर्ब खेलाडीहरुको शिपलाई भावी पुस्ताहरुमा हस्तान्तरण गर्नु पर्ने खाँचो औल्याएका थिए । उनले टुँडीखेलको स्त्तरोन्नतीका लागि आफूले सक्दो पहल गर्ने समेत बताए ।
    बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बगर भाइ खलक जापानका अध्यक्ष श्रीभक्त गुरुङ, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवम बगर भाइ खलकका महासचिब याम गुरुङ लगाएतले खेलकुदको महत्वलाई सबैले बुझ्न र खेलाडीलाई सम्मान गर्ने परम्परालाई अंगिकार सबैले गर्नुपर्नेमा जोड दिएका थिए ।
    “्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ ।
    यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन हुने प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij