Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप हुँदा महामन्त्रीसहित ३ जना घाइते


  • मंगलबार, माघ ८ २०७५

  • बानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप हुँदा महामन्त्रीसहित ३ जना घाइते

    काठमाडौं– नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।
    घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएको नेविसंघका एक नेताले जानकारी दिए । घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको छ ।
    गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij