Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सगरमाथाले जित्यो एक्सपर्ट कपको उपाधि


  • सोमबार, माघ ७ २०७५

  • सगरमाथाले जित्यो एक्सपर्ट कपको उपाधि

    अष्ट्रेलिया-तामाङ रिक्रेयसन क्लबको आयोजनामा सन्चालित एक दिने फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल क्लबले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा ग्रानभिल एफसीलाई सडेन डेथमा २,१ले हराउँंदै सगरमाथाले उपाधि सहित चार हजार डलर तथा ट्रफी हात पारेको हो । अस्ट्रेलियामा नेपाली मुलका २४ क्लबले सहभागिता जनाएका एक दिने प्रतियोगितामा दोस्रो स्थान हात पारेको स्थानिय ग्रानभिल क्लबले भने ट्रफी सहित एक हजार डलर प्राप्त गरेको छ । प्रतियोगिताभरको उत्कउष्ट खेलाडीको होडमा सगरमाथाका बिमल बस्नेत अब्बल ठहरिदैं तिन सय डलर सहित ब्यक्तीगत ट्रफी समेत हात पारे । खेल अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि भने बेनी एफसीका सन्जिव कार्कीले प्राप्त गरे । उनले खेल अवधिभर चार गोल गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको नाममा ग्रानिभिलका गोलरक्षक जितेन श्रेष्ठले आफ्नो नाम लेखाए । गोलरक्षक र सर्वाीधक गोलकर्तालाई ब्यक्तीगत एक सय डलर र ट्रफी प्रदान गरिएको तामाङ रिक्रेएसन क्लबका सचिब बैकुण्ठ डंगोलले जानकारी दिए ।


    प्रतियोगिताका विजेता खेलाडीलाई प्रायोजक एक्सपर्ट एजुकेशनका प्रमुख कार्यकारी सन्जिव शर्मा ,पुर्व राष्ट्रिय क्रिकेटर सुवास प्रधान, समाजिक अभियन्ता चित्र तुम्बाहम्फे, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष विजेन बटाजु लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाती मन्च,अस्ट्रेलियाका अध्यक्ष अरुण तामाङले फुटबलको माध्यमवाट युवा जमातलाई गोलबद्ध गर्न र अनुशासनको दायरामा अगाडि बढाउने काममा तामाङ रिक्रेयसन क्लब लागिरहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij