काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उनलाई कार्यबाहक तोकिएको हो ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
