Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कमजोर सरकार र निरीह प्रतिपक्ष हुँदा जनतामा निराशा बढ्दै छ -कांग्रेस नेता सिटौला


  • बुधबार, माघ २ २०७५

  • कमजोर सरकार र निरीह प्रतिपक्ष हुँदा जनतामा निराशा बढ्दै छ  -कांग्रेस नेता सिटौला

    झापा– प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस नेता कृष्ण सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।
    आज गृहनगर झापाको भद्रपुरमा पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले भने ‘दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो । तर, अपेक्षाकृत काम भएको छैन, प्रतिपक्षमा रहेको काङ्ग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न सकेको छैन ।’

    साथै नेता सिटौलाले सङ्घीय संरचनाअनुसार काङ्ग्रेसलाई रूपान्तरण गरी जनताका घरदैलोसम्म लैजानुपर्नेमा जोड दिए । वाइड बडी विमान घोटालाका विषयमा काङ्ग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले बताए ।
    २०४६ सालको परिवर्तनपछि काङ्ग्रेसको तत्कालीन नेतृत्वले व्यवस्था अनुकूल काम गर्न नसक्दा दश वर्षे युद्धको नरसंहार व्यहोर्नुपरेको बताउँदै उनले वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुनुपर्ने सुझाव दिए । उनले भने, ‘त्यसो भएन भने सङ्घीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा पर्न सक्छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij