Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुखकप राष्ट्रिय महिला भलिबल : उद्घाटन खेलमा नेपाल पुलिस बिजयी


  • बुधबार, माघ २ २०७५

  • सभामुखकप राष्ट्रिय महिला भलिबल : उद्घाटन खेलमा नेपाल पुलिस बिजयी

    पोखरा– राष्ट्रिय खेलकुख परिषदद्वारा आयोजित तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा आयोजित दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५ अन्र्तगत सम्पन्न खेलमा प्रदेशको उद्घाटन खेलमा नेपाल पुलिस बिजयी भएको छ ।
    उद्घाटन खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । पुलिसले गण्डकीलाई २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गरेको हो ।
    त्यसै गरि नेपाली सेनाको त्रिभुबनआर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । जारी खेलमाप्रदेश नं ३ ले नेपाली सेनालाई २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा पराजित गरेको छ ।
    मंगलबार सम्पन्न अर्को खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश ५ ले आ–आफ्नो खेल जितेका छन । शसस्त्रप्रहरीले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पाखा लगायो । प्रदेश नं ५ ले प्रदेश नं २ लाई २५–१०, २५–१४ र २५–८ का् सोझो सेटमा पराजित ग¥यो ।
    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बीशुव्वा गुरुङले निती नबुझेका र खेलकुद नवुझ्ने मन्त्रि भएका कारण खेलकुद अपेक्षित रुपमा माथीउठ्न नसकेको आरोप लगाएका छन । “अन्य मुलुकमा खेलकुदमा समेत ठूलो परिवर्तन आएको छ तर हाम्रो खेलकुद खेलाडी र प्रशिक्षकले धानेका छन” मुख्यमन्त्रि गुरुङले भने–“भारत गएर दुई वर्षमा दक्षिण एसियाली खेलकुद (साग) गर्छु भन्ने तर देशको प्रतिष्ठा नै दाउमा राख्ने गरि काम भएको छ न त कुनै पूर्वाद्धार बने न त परिवर्तन नै आयो ।”
    गण्डकीप्रदेश मुख्यमन्त्रि गुरुङले पोखरालाई खेलकुद राजधानीको रुपमा अगाडी वढाउन पोखरा रंगशालालाई वहुउद्धेश्यिय रंगशालाको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढेको बताउँदै भने–“हतारमा संरचना निर्माण गर्नु भन्दा दिर्घकालिन सोचका साथ निर्माण गर्नु पर्छ जसका कारण अन्तर्राष्टिय प्रतियोगिताहरु आयोजना गर्न सकियोस ।”
    सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरामा बन्ने कुनै पनि संरचना हरु स्विकृत गर्नु अघि परिषदको बोर्ड बैठकमा ल्याएनु पर्ने तथा विवाद रहित ढङले अगाडी वढाउनु पर्ने बताएका छन । उनले भने– “न त बोर्ड बैठकमा ल्याइएको छ न त प्रदेशका मुख्यमन्त्रिलाई जानकारी गराइएको छ यसमा बिबाद छ ।” उनले थपे “हचुवाको भरमा पोखरामा बन्न लागेको फुटबल स्टेडियम दिर्घकालिन सोचका साथ आएको छैन यसलाई परिमार्जित गर्नु पर्छ ।”
    पश्चिमाञ्चल क्षेत्रिय खेलकुदबिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद का कार्यालय प्रमुख प्रकाश बराल लगाएतले बोलेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij