Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब कांग्रेसभित्रको टिके प्रथा अन्त्य हुन्छ -उपसभापति निधि


  • मंगलबार, माघ १ २०७५

  • अब कांग्रेसभित्रको टिके प्रथा अन्त्य हुन्छ -उपसभापति निधि

    दैलेख -नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन्।
    सोमबार नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको दैलेखमा उद्घाटन गर्दै नेता निधिले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ।’
    उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ट र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै ‘अब कांग्रेसभित्रको टिके प्रथा अन्त्य हुन्छ।’
    वर्तमान सरकारले संघीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले संघीय प्रणाली नेपाली कांग्रेसको एजेण्डा भएको बताए।
    नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए।
    समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij