Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बगर भाई खलकले टुँडी खेल मैदान स्त्तरोन्नतीका लागि १ लाख ५१ हजार दिने


  • सोमबार, पुष ३० २०७५

  • बगर भाई खलकले टुँडी खेल मैदान स्त्तरोन्नतीका लागि १ लाख ५१ हजार दिने

    पोखरा -यूवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडी खेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानिय संघ संस्था समेत टुँडी खेलको शाख जोगाउन अगाडी आएका आएका छन ।
    कुनै बेलाको चर्चित खेल मैदान लामो समय देखि अलपत्र परेको र मैदानको खाली ठाउँलाई विभिन्न सरकारी निकाय, क्लब, संघ संस्थाले ओगट्न थाले पछि मैदानको अस्तित्व जोगाउन स्थानिय संघ संस्था लागि परेका हुन ।
    पोखरा बगर स्थित प्रतिष्ठित संस्था बगर भाइखलकले मैदानको अस्तित्व रक्षा गर्न र स्त्तरोन्नतीका लागि १ लाख ५१ हजार प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए । “हामीले लामो समय देखि यो मैदानको संरक्षणका लागि आवाज उठायौं बल्ल आएर केही होला जस्तो छ” उनले भने–“त्यही भएर पनि हामीले संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने निती अनुसार १ लाख ५१ हजार दिने निर्णय गरेका हौं ।”
    पोखरा बगर स्थित राष्ट्रिय माबीले केही हद सम्म संरक्षणको प्रयास गरे पनि सफल भने हुन सकेको थिएन । बगर भाइ खलकले मैदानको स्तरोन्नती र संरक्षणका लागि सबै संघ संस्था र क्लबहरुलाई आह्वान पनि गरेको छ । अध्यक्ष गुरुङले मैदान स्त्तरोन्नतीका लागि सुरु भएको अभियानमा जुट्न सबैलाई आग्रह गर्दै भनेका छन –“टुँडी खेल मैदान पोखराको परिचय पनि हो यसको सहयोगका लागि जुटन म अनुरोध गर्छु ।”
    यसै विच बगर भाइखलकले यहि माघ ८ गते बाट “स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने उद्घोषका साथ आयोजना गर्ने आठौ संस्करणको “स्व. रन्जीत गुरुङ स्मृती बगर भाईखलक एट–ए–साईड अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता” मा यस पटक अखिल नेपाल फुटबल संघ (एन्फ)का उपाध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कृष्ण थापालाई सम्मान गर्ने भएको छ । माघ ८ गते हुने उद्घाटन समारोहमा उपाध्यक्ष थापालाई सम्मान गरिने छ । २ विदेशी टिम सहित २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको अन्तिम तयारीका लागि जुटी रहेको बगर भाई खलकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij