Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्रोही उम्मेद्वार बनेका काँग्रेस नेता जोशीको पार्टी सदस्यता ५ वर्षसम्मका लागि खारेज


  • बुधबार, पुष २५ २०७५

  • विद्रोही उम्मेद्वार बनेका काँग्रेस नेता जोशीको पार्टी सदस्यता ५ वर्षसम्मका लागि खारेज

    काठमाडौँ– नेपाली काँग्रेसले गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज भएको छ ।
    तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसमो नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो ।

     


    नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुष १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वार विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५ वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij