काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा दोषी कोही पनि उम्कन नहुने बताएका छन् ।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
देउवाले भने, ‘मेरो पोजिसन भनेको यसमा संलग्न कोही पनि उम्कन हुँदैन । सम्बन्धित निकायले पनि थप छानबिन गर्नुपर्छ ।’ नेताहरुको प्रश्नको सटिक जवाफ दिँदै सभापति देउवाले लेखा समितिको प्रतिवेदन उचित भएको आशय ब्यक्त गरेका थिए
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
