Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रिपरिषदले पुस १३ र १६ गते गरेका  निर्णयहरू यी हुन


  • बिहिबार, पुष १९ २०७५

  • मन्त्रिपरिषदले पुस १३ र १६ गते गरेका  निर्णयहरू यी हुन

    काठमाडौ –  पुस १३ र १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ।

    बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

    मन्त्रीपरिषदले गरेका  निर्णयहरू यी हुन  :

    १. विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

    २. नेपाल सरकारले घोषणा गर्ने सार्वजनिक विदाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न माननीय गृहमन्त्री, माननीय सहरी विकास मन्त्री र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदल गठन गरिएको छ ।

    ३. साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृत गरिएको छ ।

    ४. ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

    ५. नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।

    ६. स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

    ७. राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।

    ८. आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५३६।५६ निर्धारण गरिएको छ । उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम प्रति क्विन्टल रु. ६५।२८ अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ । चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल रु. ४७१।२८ मा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ ।

    ९. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ–

    –      माथिल्लो स्यांगे खोला साना जलविद्युत आयोजना (२.४० मे.वा.) का लागि

    –      चूनढुंगा उत्खनन कार्यका लागि

    –      पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि

    –      याम्बालिङ खोला जलविद्युत आयोजना (७.२७ मे.वा.) का लागि

    –      रसुवा–भोटेकोशी जलविद्युत आयोजना (१२० मे.वा.) का लागि

    –      पाथिभरादेवी दर्शन केवलकार योजना सञ्चालन गर्नका लागि

    १०. बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) र बर्दघाट सुस्ता पूर्व (नवलपरासी) का जिल्लाहरूमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्न स्वीकृति दिइएको छ ।

    ११. बसोबास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोबास क्षेत्रका रुख हटाइ व्यवस्थापन गर्न स्वीकृति दिइएको छ ।

    १२. गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाल (झापा) लाई नियुक्त गरिएको छ ।

    १३. निम्न अस्पतालहरूलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ–

    –      कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ

    –      नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्ज, पर्सा

    –      भरतपुर अस्पताल, चितवन

    –      भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके

    –      डडेलधुरा उप–क्षेत्रिय अस्पताल, डडेल्धुरा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij