काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास फेरि पनि भईरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे।
आईतबार गुरूङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गरे।
प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पारे।
सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
