Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा र पौडेल दुवैले एक स्वरमा भने –‘ अहिले नै राजनीतिबाट विश्राम लिदैनौ’


  • शुक्रबार, पुष १३ २०७५

  • देउवा र पौडेल दुवैले एक स्वरमा भने –‘ अहिले नै राजनीतिबाट विश्राम लिदैनौ’

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति पछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने बताउनु भएको छ । विहिबार राजधानीमा मूलधारका सञ्चार माध्यमका सम्पादकहरुसंगको भेटमा देउवाले वर्तमान सरकार असफल भएको बताउनु भयो । तर कांग्रेस जिम्मेवार पार्टी भएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वसनियता भएको लोकतान्त्रिक शक्ति भएकाले बन्द, हड्ताल, तोडफोड जस्ता क्रियाकलाप गरेर आन्दोलन भने नगर्ने स्पष्ट पार्नु भएको छ । निर्मला पन्तका वलत्कारी र हत्यारालाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउन नसकेकोमा सभापति देउवाले आक्रोश व्यक्त गर्नु भयो महासमिति बैठकले पार्टीलाई नयाँ उर्जा दिएको देउवाको भनाई छ ।
    सञ्चारकर्मीहरुले देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उमेरकै कारण पनि राजनीतिबाट विश्राम लिन दिएको सुझावलाई दुवै नेताले ठाडै अस्वीकार गर्नु भयो । देउवाले भन्नु भयो –गिरिजाप्रसाद कोइरालाले चौरासी वर्षको उमेरमा मुलुकमा गणतन्त्र ल्याएको स्मरण गराउँदै घुमाउरो पारामा विश्राम नलिने जनाउ दिनु भयो ।
    देउवा अघि बोल्नु भएका पौडेलले विश्राम लिने कुरा अलोकतान्त्रिक भएको टिप्पणी गर्नु भयो । महासमिति बैठक पछि पार्टीमा एकता भएको भन्दै पौडेलले पार्टी भित्र छलफल, बहस भने जारी रहने बताउनु भयो ।
    भेटघाटका क्रममा उपसभापति विमलेन्द्र निधिले महासमिति बैठक पछि पार्टी नयाँ विधानसहित ससक्त ढंगबाट अघि बढ्ने बताउनु भयो । सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसले लिएको आर्थिक नीतिका बारेमा धारण राख्नु भएको थियो ।
    भेटघाटमा सहभागी सम्पादक तथा वरिष्ठ पत्रकारहरुले कांग्रेस पुरातन सोच भन्दा माथि उठेर शसक्त प्रतिपक्षको भुमिकामा प्रस्तुत हुन र आगामी निर्वाचनमा पहिलो शक्तिका रुपका स्थापित हुन सुझाव दिएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij