Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमबाप्पेलाई २०१८ को उत्कृष्ट वर्ष खेलाडीको अवार्ड


  • बुधबार, पुष ११ २०७५

  • एमबाप्पेलाई २०१८ को उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

    एजेन्सी – फ्रान्सलाई सन् २०१८ मा फिफा विश्वकपको उपाधि दिलाउन महत्पवूर्ण भूमिका निभाएका केलिय एमबाप्पे सन् २०१८ को उत्कृष्ट फ्रान्सेली बर्ष खेलाडीको अवार्ड जितेका छन् ।

    एमबाप्पेले रियल म्याड्रिडका राफेल भारान र एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै यस उपाधि जितेका हुन् । सन् १९५९ देखि प्रदान गरिँदै आएको यस पुरस्कारलाई प्रतिष्ठित फ्रान्स फुटबल म्यागजिनले आयोजना गर्दै आएको छ ।

    विगतमा फ्रान्समा खेल्दै आएका फ्रान्सेली खेलाडीलाई मात्र मनोनयनमा राखिने गरिएको थियो । अहिले भने फ्रान्स बाहेक अन्य लिगमा खेल्ने खेलाडीलाई पनि मनोनयन गर्ने गरिएको छ ।

    एमबाप्पे, ग्रिजम्यान र भारान फ्रान्सले रुस विश्वकप उपाधि जित्दा टोलीमा सनसनी पूर्ण प्रदर्शन गरेका थिए । विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका २० वर्षीय एमबाप्पे हालै सम्पन्न ब्यालोन डी’ओरमा पनि चौथो भएका थिए । उनी भोटिङको आधारमा चौथो स्थानमा रहेका थिए । तर त्यसमा पनि उत्कृष्ट युवा खेलाडी एमबाप्पेनै भएका थिए । एम्बापेले यसबर्ष घोषित कोपा अवार्ड पनि हात पारेका छन् ।

    क्लब फुटबलमा पनि एमबाप्पेका लागि सन् २०१८ बन्यो । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रान्सेली लिग, फ्रेन्च कप र फ्रेन्च लिग कपको जित्दा उनको भूमिका उल्लेख्य थियो । उनले सबैखाले प्रतियोगितामा ३४ गोल गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij