Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३, कोषाध्यक्ष बाहेक सबै निर्वाचित हुने


  • शुक्रबार, पुष ६ २०७५

  • कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३, कोषाध्यक्ष बाहेक  सबै निर्वाचित हुने

    काठमाडैं– अब नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री हुने भएको छ ।
    शुक्रबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने सहमति भएको हो।
    कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अब केहीबेरमा पार्टी कार्यालयमा बन्द सत्र सुरु हुने छ । अब कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३ पुगेको छ। यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि उक्त सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको थिएन।
    खाना खाने समयमा केन्द्रीय कार्यसमिति बैठक राखेर उक्त सहमति पारित गरेपछि विधान छपाउन पठाइने कांग्रेसले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij