Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कसैप्रति दुव्र्यवहार गरेको छैन् – डा. महत


  • मंगलबार, पुष ३ २०७५

  • कसैप्रति दुव्र्यवहार गरेको छैन् – डा. महत

    काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफुले महासमिति बैठकमा कसैप्रति दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् । आफु विरुद्ध केहि सञ्चार माध्यममा गलत समाचार आएको भन्दै डा.महतले खण्डन गरेका हुन । राष्ट्रपुकार संग कुरा गर्दै डा. महतले भने –‘ म पार्टीको जिम्मेवार पदाधिकारी हुँ, महासमिति बैठक सफल पार्ने दायित्व मेरो पनि हो, त्यसैले मबाट कसैलाई दुव्र्यवहार हुन सक्दैन ।’ समाचारमा आए जस्तो डा.महतले दुव्र्यवहार गरेको भनेको कुरालाई प्रत्यक्षदर्शी महासमिति सदस्यहरुले पनि खण्डन गरेका छन् ।
    सभापति शेबहादुर देउवाले बैठक स्थगित गरेपछि नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले होहल्ला गर्दै माइक फुटाएको र आफ्नो गल्ती ढाकछोप गर्न सह–महामन्त्री माथि आरोप लगाइएको महासमिति सदस्यहरुको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij