Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा म्याराथनका लागि यूकेमा च्यारिटी मार्फत १५ लाख संकलन


  • मंगलबार, पुष ३ २०७५

  • पोखरा म्याराथनका लागि यूकेमा च्यारिटी मार्फत १५ लाख संकलन

    पोखरा– भूतपूर्ब खेलाडी मंच नेपालको आयोजनामा पोखरामा हुने म्याराथनका लागि यूकेमा च्यारिटी डिनर कार्यक्रम मार्फत १५ लाख भन्दा वढी रकम एकै दिनमा संकलन भए पछि आयोजक उत्साहित भएको छ ।
    पोखरेली मंच यूकेको पहलमा संकलन भएको उक्त रकमका लागि पोखरेली मंचले यूकेमा म्याराथन सफल बनाउन र खेलकुद मार्फत पोखरामा पर्यटन प्रवद्र्धन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको थियो । पोखरेली मंच यूके म्याराथनका लागि अन्तर्राष्ट्रिय पार्टनर समेत रहेको छ ।
    फागुन ७ गते आयोजनाहुने १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि बेलायत स्थित नेपाली संघ संस्था र शुभेच्छुकहरुले खुलेर सहयोग गरेपछि भूपू खेलाडी मंचका अध्यक्ष तेज गुरुङले हार्दिक आभार प्रकट गरेका छन । अध्यक्ष गुरुङले भने–“बेलायतमा रहेका नेपालीहरुले पोखराको खेलकुद र सामाजिक बिकासका लागि देखाएको सहयोगको जती प्रंशसा गरे पनि कमनै हुन्छ ।”
    यूकेको यो चयारिटी डिनर पश्चात पोखरामा मंचका आजिवन सदस्यहरुको सम्मानमा समेत च्यारिटी डिनर कार्यक्रमको आयोजना हुने भएको भूपू खेलाडी मंच नेपालले जनाएको छ । “अब हामी पोखरामा च्यारिटी डिनर आयोजना गर्दैछौं यो कार्यक्रम मार्फत नयाँ सन्देश दिन चाहन्छौ” भूपू खेलाडी मंचका अध्यक्ष गुरुङले भने ।
    यूकेमा सम्पन्न च्यारिटी डिनरमा एनआरएनए युके र केन्द्रीय पदाधिकारी, तमुधिं युके, सहारा युके लगायत संघसंस्था र शुभेच्छुकहरुले सहयोग गरेका थिए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ च्यारिटी डिनरका संयोजक तथा मंचका कोषाध्यक्ष कमल गुरुङले सहयोगदाताप्रति आभार समेत व्यक्त गरेका छन ।
    डिनर च्यारिटीमा करिब ३ सय जना भन्दा बढीको सहभागिता रहेको थियो भने विभिन्न सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । बेलायतवासी नेपालीले मातृभूमिका लागि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् । एनआरएनए युके पूर्व अध्यक्ष सूर्य गुरुङको संयोजकत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणमा पनि बेलायतबाट ५० लाख रुपैयाँ पठाइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij