Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसमा पदाधिकारी ११ जना राख्न सहमति


  • मंगलबार, पुष ३ २०७५

  • नेपाली कांग्रेसमा  पदाधिकारी ११ जना राख्न सहमति

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारीको संख्या ११ पुर्‍याउनेमा भएको छ।
    अब पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह–महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको एक नेताले जानकारी दिए।
    कांग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको थियो। अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ।

    सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ४ जना मात्र हुने भएका छन्। ११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, एक महामन्त्री र कोषाध्यक्ष) को प्रत्यक्ष चुनाव हुनेछ।
    चारै जना सह–महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र दुई महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने ती केन्द्रीय नेताले बताए।
    पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन केन्द्रीय समितिको बैठक बस्दैछ। बैंठकले टुंगो लगाएपछि उक्त प्रस्ताव महासमितिमा लगेर विधान संशोधन गरिनेछ।
    पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले केही अघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने अडानमा थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij